बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदे न १ ले प्रदेशस्तरीय विरोध सभा गर्न लागेको छ । २८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दा उठाउँदै विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएको जसपा नेपालले पौष १२ गते शनिबार बिराटनगरमा प्रदेशस्तरीय विरोध सभा गर्न लागेको प्रदेश अध्यक्ष दिपक याख्खाले जानकारी दिएका छन् । उक्त बिरोधसभा लाई पार्टी अध्यक्ष उपेन्द्र यादव , सह अध्यक्ष रकम चेम्जोङ लगायत पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टीले उठाउदै आएका राष्ट्रिय मुद्दा तथा २८ बुदे मुख्य मागलाई जनता सामु लैजाने तथा माग पूरा गराउन सरकारलाई जनदबाब शृजना गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको अध्यक्ष याक्खाले बताए ।
यसबिचमा जसपा नेपालले सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण, पार्टी प्रदेश समितिहरूको अधिवेशनसमेत सम्पन्न गरिसकेको जसपा नेपालका केन्द्रिय कार्यकारी समिती सदस्य तथा पुर्वमन्त्री जयराम यादवले जानकारी दिए।

अनुसार प्रदेशस्तरीय बिरोध कार्यक्रमहरु सातै प्रदेशमा हुनेछन । जस अन्तर्गत पुस १२ गते विराटनगरमा, १४ गते मधेस प्रदेशको जनकपुरमा, १५ गते वीरगन्जमा र १७ गते लुम्बिनी प्रदेशको भैरहवामा विरोध सभाको आयोजना गर्न लागिएको हो ।
प्रदेश न १ को बिरोधसभा बिराटनगर स्थित पुरानो गुद्री बजारमा हुने तय गरिएको जसपा मोरङका अध्यक्ष राजकुमार यादबले जानकारी दिए। साथै आगामी १२ गते हुने कार्यक्रमको तयारी करिब करिब पूरा भएको अध्यक्ष यादबले जानकारी दिएका छन !
जसपा नेपालले सङ्घर्षका कार्यक्रमअन्तर्गत संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारहरूमा विरोध कार्यक्रम र कोण सभा गर्नुका साथै पार्टीले उठाएका माग र मुद्दाहरू अङ्कित प्लेकार्ड, ब्यानर सहित जिल्ला सदरमुकामहरूका जिल्ला प्रशासन कार्यालयहरू अगाडी शान्तिपूर्ण धर्ना तथा जिल्लास्तरीय विरोध सभा/जन सभा गरेको थियो ।