दमक ।
चुनाव प्रचारका नाउँमा घण्टी हल्लाउँदै हिँडेका बालेन शाह र रवि लामिछानेहरुलाई निर्वाचन आयोगको पछिल्लो निर्णय पहिलो गाँसमै ढुङ्गा सावित भएको छ । आयोगले गरेको पछिल्लो निर्णयले जहाँसुकै र जतिसुकै बेला घण्टी बजार आम मानिसलाई तनाव दिइरहेका उनीहरुको गतिविधिलाई लगाम लगाएको हो ।

निर्वाचन आयोगको फागुन १० गतेको निर्णयमा कुनै पनि दल वा उम्मेदवारको चुनाव चिन्ह कागजमा, फ्लेक्समा वा कपडामा नियम बमोजिम प्रिन्ट गरेर प्रचार गर्न पाइने तर धातु वा काठको चुनाव चिन्ह बनाइ भौतिक रूपमा बोकेर प्रचार गर्न नपाइने उल्लेख छ ।

आयोगको यो निर्णयले घण्टी बजाउँदै चुनाव प्रचार गरिरहेका रास्वपाका बालेन, रवि र अन्य उम्मेदवार र तिनका समर्थकलाई निरास बनाइदिएको छ । घरदैलोका नाउँमा वा पार्टी कार्यालय उद्घाटन गर्ने नाउँमा अथवा कुनै सार्वजनिकस्थलहरुमा समेत रास्वपाका उम्मेदवार र समर्थकले अनावश्यक घण्टी बजाउँदै हिँडिरहेका थिए ।

अनावश्यक घण्टी बजेको आवाजले आम मानिसलाई तनाव हुने भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले चुनावी भाषणमै विरोध गरेका थिए । तर, आयोगको पछिल्लो निर्णयले राई नेतृत्वको दल श्रम संस्कृति पार्टीलाईसमेत समस्यामा पारेको छ ।

यस पार्टीका कार्यक्रममा माटो छुन लगाउने, माटोको टिका लगाउने जस्ता क्रियाकलाप हुँदैआएकोमा अब आयोगको निर्णयले त्यस कार्यलाई पनि रोक लाग्ने देखिन्छ ।

किनकि त्यस पार्टीको चुनाव चिन्ह नै अञ्जुलीमा लिएको माटो रहेको छ, र जनताको घरदैलोमा पुगेका श्रम संस्कृति पार्टीका उम्मेदवारले माटो छोएर मतदातालाई प्रभावित पार्ने गरेका देखिएको छ ।
त्यस्तै, दुई आँलो खुलेको र तीन औंला बन्द गरेको हातको मुद्रासहित भोट माग्ने कार्यमा पनि आयोगको निर्णयअनुसार बन्देज हुने पक्का छ ।
यसरी निर्वाचनमा चुनाव चिन्ह अंकित धातु वा काठको वस्तुको भौतिक रूपमा प्रयाोग गर्न बन्देज लागेको कार्यले जसपा नेपाललाई पनि असर गर्न सक्ने देखिएको छ । जसपाको चुनाव चिन्ह छाता अब चुनावी प्रचारमा ओढ्न नपाइने भएको छ ।

त्यस्तै, राष्ट्रिय जनमोर्चा नेपालको चुनाव चिन्ह गिलास बोकेर भोट माग्न, नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह मादल बजाएर भोट माग्न, नेकपा (विप्लव समूह) को चुनाव चिन्ह गुलाबको फूल बोकेर भोट माग्न नपाइने भएको छ ।

अन्य दलका चुनाव चिन्ह जस्तै मोबाइल फोन, दापसहितको खुकुरी, ढकिया, लौरो, हेण्ड माइक, हलो, कुखुराको भाले, जग, कमलको फूल, गितार, हँसिया, मोटरसाइकल, चाबी, बाँसुरी, गैँती, गाग्री, सुँगा, हतौडा, शंख, बज्र, त्रिशुल, घोँडा, सयपत्री फूल, बलिरहेको बजुलीको चिम, सिट्टी अब भौतिक रूपमा चुनावी घरदैलोमा प्रतिबन्धित भएका छन् ।

त्यस्तै, ओदान, तीर, ट्रयाक्टर, रेडियो, रथ, गदा, भेँडा, बलिरहेको दियो, बस, स्कुटर, पाँचमुखे रुद्राक्ष, करुवा, सुकुन्दा, पानीको बोतल, खरायो, सेतो र कालो रंगको जुत्ता, खुला किताब, कोदालो, भैँसी लिएर चुनाव प्रचार गर्न नमिल्ने गरी आयोगले निर्णय गरेको हो ।

आयोगले गरेको पछिल्लो निर्णयले अब मत माग्न आयोजना गरिने चुनावी घरदैलोमा खरायो, हाँस, खड्ग, कैंची, दमाहा, फुटबल, बलेको मैनबत्ति, बाल्टिन, स्याउ, कित्ली, डम्फू, गमालाको फूल, डाँफेचरी, पेन्सिल, टर्चलाइट, कार, सलाइको बट्टा, कछुवा, झाडु, लाल्ट्रिन, सर्प, आँप, रिक्सा, नाङ्लो। कोट, ट्याक्टर, टेम्पो, टेबुल, चर्खा, टेलिफोन सेट, कराइ, पासन, कुर्सी जस्ता भोतिक वस्तुको प्रदर्शन ीपनि प्रतिबन्धित हुने छन् ।