काठमाडौं /  प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र शीर्ष नेताहरूबीचको आन्तरिक कलह खुलेआम बाहिरिएको छ । झलनाथ खनाल र माधवकुमार नेपालको बीच बढ्दो वैमनस्यता तथा प्रचण्डकै भूमिका प्रति असन्तुष्टिले पार्टीमा खटपटको अवस्था सिर्जना गरेको विश्लेषकहरू बताउँछन् ।

स्रोतहरूका अनुसार प्रचण्डले झलनाथ खनाललाई माधव नेपालसँग “बराबरी हैसियत” दिने सहमति जनाएपछि खनाल अन्तिम समयमा पार्टीमा फर्कने निर्णयमा पुगेका थिए । तर यो सहमति बारे केही दिनपछि मात्र खबर पाएका माधव नेपाल तीव्र आक्रोशित बनेका छन ।

श्रोतका अनुसार माधव नेपालले सो सहमतिका बारेमा प्रचण्ड संग असन्तुष्टि व्यक्त गरेका छन । नेपालले झलनाथ खनाल सङ गरिएको सहमति आफुलाइ मान्य नहुने बताएको जनाइएको छ ।

यता झलनाथ खनालले पनि प्रचण्डसँग भेटमा माधव नेपाल र आफू लाई पार्टीमा समान हैसियतमा राख्न दबाब दिएको बुझिएको छ । उनले प्रचण्ड सङको भेटमा आफू सङ भएको सहमति स्मरण गराएको श्रोतले जनाएको छ । प्रचण्डले भने दुवै नेताहरुलाई मिलाएर लैजाने भन्दै आश्वासन दिदै आएका छन ।

यी तीब्र अभिव्यक्तिहरू सार्वजनिक भएपछि तीन शीर्ष नेताबीचको अविश्वास झनै उजागर भएको छ । पार्टीभित्र दुवै समूहले आफ्ना–आफ्ना नजिकका नेताहरू परिचालन गर्न थालेपछि संगठनात्मक तनाव चर्कँदै गएको बताइन्छ ।

राजनीतिक विश्लेषकहरू प्रचण्ड, माधव र झलनाथबीचको शक्ति–सन्तुलनको संघर्षले नेकपाभित्र गम्भीर संकट सिर्जना हुन लागेको बताउछन । उनीहरू भन्छन्,“यदि विवाद यही ढंगले अघि बढ्यो भने पार्टी फेरि विभाजनको मोडमा पुग्न सक्छ ।” नेताहरूबिच बढ्दो आरोप– प्रत्यारोपसँगै कार्यकता निरास हुन थालेका छन ।