दमक ।
राष्ट्रपति रामचन्द्र पौडेल २१ फागुनको निर्वाचनलाई पछिल्ला उपलब्धिहरूको रक्षा र प्रवद्र्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता हुने बताएका छन् ।

सोमबार साँझ राष्ट्रका नाउँमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस निर्वाचनलाई ‘राजनीतिक इतिहासको एक जटिल परिस्थितिको निकासका रूपमा’ हुन गइरहेको भनेका हुन् । पौडेलले भनेका छन् –‘यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र होइन, यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर पनि हो ।’

उनले शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चारमाध्यम र सम्बन्धित निकायहरूलाई प्रतिबद्ध रहन आग्रहसमेत गरेका छन् ।