दमक ।
रामेछापको दुर्घटनामा मतदान अधिकृतसहित एक प्रहरीको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृुत्यु भएको प्रहरीले जनाएको छ । रामेछापका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार घिमिरेलाई रामेछाप नगरपालिका २ को वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाइएको थियो ।

उनी रामेछाप ३ मुगाटारस्थित रुद्राक्षश्वर माध्यमिक विद्यालयमा कार्यरत थिए । यसअघि सो दुर्घटनामा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको मृुत्यु भएको थियो ।

निर्वाचनका लागि सो टोली मतपेटिकासहित निर्वाचनस्थलतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।