बिराटनगर / नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, नक्सालका प्रहरी बरिष्ठ उपरीक्षक मुकुन्द मरासिनी सहितको निरीक्षण टोलीले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अपराध अनुसन्धान शाखाको अनुगमन तथा निरीक्षण गरेको छ।


टोलिले नेपाल प्रहरी प्रधान कार्यालय,अपराध अनुसन्धान विभागद्वारा चौथो अपराध नियन्त्रण तथा अनुसन्धान कार्य योजना अन्तरगत फौजदारी कसुरको अनुसन्धान गर्ने प्रहरी कार्यालयहरुको अनुगमन तथा निरीक्षण मापदण्ड २०८१ बमोजिम भएको निरीक्षण तथा अनुगमनको क्रममा अपराध अनुसन्धान शाखामा भएको अभिलेख व्यवस्थापन, पेण्डिङ मुद्दाको अवस्था, हिराषत व्यवस्थापन, अपराधका घटनाहरुको अभिलेख, अपराध न्यूनीकरणको लागी गरिएका सचेतनामुलक कार्यक्रमहरु लगायत अपराध अनुसन्धानका अभिलेखहरुको निरीक्षण गरेको थियो । निरीक्षणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले प्रदेशको अपराध अनुसन्धानको विश्लेषणात्मक तथ्याङक प्रस्तुत गर्नु गरेका थिए ।

निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशनको क्रममा प्रहरी बरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले प्रहरीले गर्ने अनुसन्धानलाई अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाई कानून कार्यान्वयन तथा अपराध नियन्त्रणमा नेपाल प्रहरीको गरिमालाई सदैव उच्च बनाउने कार्यमा लगी पर्न निर्देशन दिएका दिएका थिए ।

निरीक्षण अनुगमन तथा निर्देशनको क्रममा प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेल सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । निरीक्षण अनुगमन टोलीले नेपाल प्रहरी प्रदेश कार्यालय धरान, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा अन्तरगतका जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी, झापा, पाँचथर, ताप्लेजुङ, धनकुटा, इलाका प्रहरी कार्यालय अनारमनी, धरान र रानीको अनुगमन तथा निरीक्षण गरेको थियो ।