काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय हेरफेर गर्ने तयारी गरेकी छन्। सचिवालयमा रहेका व्यक्तिहरू एकपछि अर्को विवादमा मुछिँदै गएपछि उनले सचिवालयमा हेरफेरको तयारी गरेकी हुन्। जेन्जी आन्दोलनको रापतापमा प्रधानमन्त्री बनेकि कार्की लाई अहिले  आफ्नै सचिवालय टाउको दुखाइ बनिरहेको छ । शुसासन र भ्रस्टाचार बिरोधि सरकारको नेतृत्व गरिरहेकी कार्कीको सचिवालय अहिले  अनुचित  लेनदेन र आफन्तलाई विभिन्न लाभको पदमा नियुक्तिका लागि सकृय  रहेको छ ।

स्रोतका अनुसार कार्कीले प्रमुख राजनीतिक सल्लाहकार, प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठसहितका व्यक्तिहरू विवादमा तानिएपछि उनीहरूलाई हेरफेर गर्ने तयारी गरेकी हुन्।

कार्कीले सर्वोच्च अदालतमा रहँदा नै विवादित बनेका श्रेष्ठलाई सचिवालयमा नियुक्त गरेकी थिइन्। श्रेष्ठले केहीदिन अगाडि आफ्नी श्रीमतिसहित आफन्तलाई सचिवालयमा भर्ती गराएका थिए। उक्त प्रकरण बाहिरिएपछि सुशासन मान्ने जेनजी आन्दोलनको जगमा प्रधानमन्त्री बनेकी कार्कीको नैतिकतामाथि नै प्रश्न उठेको थियो। यसपछि उनले आफ्नो सचिवालय हेरफेरको तयारी गरेकी हुन्।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठ सर्वोच्चको पेशी व्यवस्थान शाखामा रहँदा आर्थिक लेनदेशसमेत गर्ने गरेको आरोपसमेत छ।

२०६१ सालमा आइटी सर्पोट पर्सन पदमा नियुक्ति लिएका श्रेष्ठ प्रधानमन्त्रीको स्वकीय हुनुपूर्व निरन्तर सर्वोच्चमा कार्यरत थिए। उनले लामो समय पेशी व्यवस्थापन शाखामा काम गरेका थिए। गोलाप्रथा सुरु हुनुअघि उनी प्रधानन्यायाधीशको सरकारी निवास बालुवाटारबाट हुने पेशी तोक्ने कार्यमा संलग्न थिए।

को-को छन् प्रधानमन्त्रीको सचिवालयमा?
– आदर्श कुमार श्रेष्ठ,  प्रमुख स्वकीय सचिव
– संगीता श्रेष्ठ, स्वकीय सहसचिव
– कमला श्रेष्ठ, स्वकीय सहसचिव
– रमेश राज दाहाल, स्वकीय शाखा अधिकृत
– अर्जित खड्का, स्वकीय शाखा अधिकृत
– केशव थापा, स्वकीय शाखा अधिकृत ( फोटोग्राफर)
– आकृति घिमिरे, स्वकीय शाखा अधिकृत
– सृष्टी डंगोल, प्रशासन सहायक
– पुनम श्रेष्ठ, प्रशासन सहायक
– जुनु कार्की, प्रशासन सहायक
– एन्जलिना कायस्थ, प्रशासन सहायक
– रविना श्रेष्ठ, प्रशासन सहायक
– हरिबाबु श्रेष्ठ, सवारी चालक
– मिरा अधिकारी,  कार्यालय सहयोगी

– deshsanchar