गौरादह । धनार्जन ग्रुप अफ कम्पनिजले गौरादह २ मा आफ्नो कार्यालय औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । फाल्गुन ३ गते महाशिवरात्रिको शुभ अवसर पारेर कार्यालय शुभारम्भ गरिएको हो ।

कम्पनिजका प्रबन्धक धनार्जन चौहानका अनुसार अब गौरादह तथा आसपासका सेवाग्राहीले घर नक्सा निर्माण, इन्जिनियरिङ सम्बन्धी सम्पूर्ण काम, बैंक कर्जा परामर्श, सुन धितो व्यवस्थापन, घरजग्गा खरिद–बिक्री जस्ता सेवाहरू एउटै छानामुनि सहज रूपमा प्राप्त गर्नेछन् ।

विशेषगरी नक्सा प्रमाणित गराउनका लागि मालपोत कार्यालय धाइरहनु पर्ने झन्झट अन्त्य हुने कम्पनीको दाबी छ । आवश्यक प्रक्रिया, समन्वय र कागजी कामसमेत कम्पनीले नै व्यवस्थापन गर्ने भएकाले सेवाग्राहीलाई समय र खर्च दुवै बचत हुने प्रबन्धक चौहानले बताए ।

`हामीले सेवा सहज, छिटो र विश्वासिलो बनाउने लक्ष्य लिएका छौं,´ चौहानले भने, `गौरादह र आसपासका नागरिकलाई गुणस्तरीय प्राविधिक र वित्तीय सेवा यहीँबाट उपलब्ध गराउने प्रतिबद्धता लिएका छौं ।´

स्थानीय स्तरमै बहुआयामिक सेवा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा आएको कम्पनीले निकट भविष्यमा थप सेवा विस्तार गर्ने योजना समेत बनाएको जनाएको छ ।